गाउँ सहर

पूर्व-पश्चिम राजमार्गमा गाडी रोकी जबरजस्ती पैसा असुल्ने ६ जना प्रहरीको नियन्त्रणमा

  • अंगद यादव
  • २ मङ्सिर मंगलबार, २०७७ | १४:३९:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको पूर्व-पश्चिम राजमार्गमा लमजुङ देखि रुपन्देही जाँदै गरेको गाडीमा जबरजस्ती रोकी पैसा असुलेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका वडा नं.- ४ को हाइवे चोकमा कुखुरा लोड गरेको जिपमा उनिहरुको समुहले उक्त जिपका ड्राइभरसँग जबरजस्ती साचो खोसी बिल भेटनरी देखाउ भनि केही कुखुराहरु समेत नष्ट गरेका थिए । 

प्रदेशको जिप ०३-००१ च ०२२० नम्बरको गाडीमा पैसा असुलेको र केही कुखुरा नष्ट गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । 

पक्राउ पर्नेहरु बर्दघाट नगरपालिका वडा नं.-४ बस्ने बर्ष २४ का कमल राना र सोही ठाउँ बस्ने बर्ष २४ कै मनिष कुवर, बर्ष २३ का संजय सुनार , २९ बर्षका सुजनमान श्रेष्ठ, ३१ बर्षका निर्मल खरेल र बर्ष ३० का सुजन तिमिल्सिना रहेका छन् । 

हाल उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसंधान भइरहेको एसपी अजय केसीले जानकारी दिए ।

अंगद यादव

तपाईँको मत