गाउँ सहर

३ लाख भन्दा बढीको चाँदीको गरगहना सशस्त्र प्रहरीको नियन्त्रणमा

  • अंगद यादव
  • २४ कार्तिक सोमबार, २०७७ | १२:५६:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सीमा क्षेत्रबाट तीन लाख भन्दा बढीको चाँदीका गरगहना र मुर्ति गेरमा अस्थायी सशस्त्र प्रहरी पोष्टबाट नियन्त्रणमा लिएको छ । 

पाल्हिनन्दन गाउँपालिका वडा नं.-५ चमनटोलामा  बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं.-२६  गण हेडक्वाटर नवलपरासी पश्चिमको मातहतमा  सशस्त्र प्रहरी  बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको गस्ती टोलीले  सरप्राइज चेकपोष्ट खडा गरी चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउदै गरेको ३ किलो ३४६.५ ग्राम चाँदीका गरगहना र मुर्तिहरु नियन्त्रणमा लिएइको हो ।

करिब तीन लाख भन्दा बढि मूल्य बराबरको रहेको उक्त गरगहना र मुर्ति आवश्यक कार्यवाहीको लागि महेशपर भन्सार पठाइएको सुचना अधिकारी रोेशन घिमिरेले जानकारी दिए  ।

अंगद यादव

तपाईँको मत