स्वास्थ्य

प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम, ४६३ जना सहभागी

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले २०८२ असोज ०७ गते आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडाैँ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरि देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ४६३ जनाले रक्तदान गरेकाे उसले बताएकाे छ ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्राबिधिकहरुलाई धन्यवाद दिँदै, मानवजीवन रक्षाकोलागि अत्यावश्यक  रगत संकलन गर्ने कार्यक्रम आयोजन गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राखे । संस्थाले आगामि दिनमा पनि यस्तै विभिन्न सामाजिकसेवाका कार्यहरु गर्दैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत