टोपबहादुर रायमाझी र सुन तस्करका नाइके गोरे कारागार फर्किए
- गाउँ सहर संवाददाता
- ७ असोज मंगलबार, २०८२ | १४:०२:०० मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किएका छन् ।
जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका रायमाझी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो ।
रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।
त्यस्तै यसअघि आफन्तमार्फत कारागार फर्किने सन्देश पठाएका गोरे अहिले भने कारागार फर्किसकेका छन् । उनी केही दिनअघि मात्रै कारागार फर्केको स्रोतले बतायो ।
जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए ।
मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुन : तोलाको २ लाख २३ हजार
- आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
- प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम, ४६३ जना सहभागी
- स्वाथ्यमन्त्रीमा प्राडा. रामहरि घिमिरेकाे चर्चा
- ५८ अंकले बढ्यो नेप्से परिसूचक, सात कम्पनीकाे शेयरमा सर्किट
- रास्वपा नेतृत्वप्रति असन्तुष्टि, सभापति लामिछानेलाई जिम्मेवारीबाट अलग हुन सुझाव
- बडादसैँको अवसरमा पशुपतिमा नवरात्री महोत्सव
- दसैँकाे दोस्रो दिन आज ब्रह्मचारिणी देवीको उपासना गरि मनाइँदै
- राष्ट्रपति पौडेलसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ
- नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर
प्रतिकृया दिनुहोस