दसैँकाे दोस्रो दिन आज ब्रह्मचारिणी देवीको उपासना गरि मनाइँदै
- गाउँ सहर संवाददाता
- ७ असोज मंगलबार, २०८२ | ०५:०२:०० मा प्रकाशित

काठमाडाैं । दसैँ अर्थात् नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदैछ ।
ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ ।
ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ ।
सेतो कपडा लगाएकी, दायाँ हातमा जपको माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ ।
माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ ।
यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापुजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनु पूर्वका बालिका पनि कन्या पूजाका लागि योग्य भएको मान्यता रहेकाे छ ।
दसैँकाे दाेस्राे दिन हर्षाेल्लासमय वातावरणमा मनाइँदैछ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुन : तोलाको २ लाख २३ हजार
- आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
- प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम, ४६३ जना सहभागी
- स्वाथ्यमन्त्रीमा प्राडा. रामहरि घिमिरेकाे चर्चा
- ५८ अंकले बढ्यो नेप्से परिसूचक, सात कम्पनीकाे शेयरमा सर्किट
- रास्वपा नेतृत्वप्रति असन्तुष्टि, सभापति लामिछानेलाई जिम्मेवारीबाट अलग हुन सुझाव
- टोपबहादुर रायमाझी र सुन तस्करका नाइके गोरे कारागार फर्किए
- बडादसैँको अवसरमा पशुपतिमा नवरात्री महोत्सव
- राष्ट्रपति पौडेलसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ
- नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर
प्रतिकृया दिनुहोस