अर्थतन्त्र

सुन : तोलाको २ लाख २३ हजार

काठमाडौँ । आज बुधबार सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज एक तोला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा २० रूपैयाँले वृद्धि भएको छ । यस दिन एक तोला चाँदीको भाउ २ हजार ७ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत