गाउँ सहर

स्वाथ्यमन्त्रीमा प्राडा. रामहरि घिमिरेकाे चर्चा

काठमाडाैं । जेनजी आन्दोलनपछि भएको सत्ता परिर्वतनसँगै पूर्व न्यायाधिश सुशीला कार्की नेतृत्वमा अहिले सरकार विस्तार भईरहेको छ । जनसंख्या तथा स्वास्थ्यमन्त्रीको उपयुक्त पात्रको खोजिएको रहेको कार्की नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रका प्राडा रामहरि घिमिरेकाे चर्चा छ । 

सार्वजनिक स्वास्थ्य प्रणाली सुधार गर्ने, ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्ने र नविन प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिने योजना ल्याउन सक्ने भएकाले प्राडा. घिमिरे स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि सम्भावित व्यक्तित्वका रूपमा चर्चामा आएका हुन् ।

२०३१ साल असोज १५ गते ओखलढुंगामा जन्मिएका घिमिरे बुवा भिमबहादुर घिमिरे र आमा रूकुमाया घिमिरेका छोरा हुन्। बाल्यकाल आर्थिक अभाव र संघर्षमै बिताएको घिमिरे किसान परिवारको सन्तान भएपनि शिक्षा र परिश्रमका कारण आज नेपालको चिकित्सा शिक्षामा प्रतिष्ठित नाम बन्न सफल भएका छन्।

धनुषास्थित श्री सार्वजनिक नमुना उच्च माध्यमिक विद्यालय, बेंगेडावरबाट आधारभूत शिक्षा सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएर र एमडी पूरा गरे। त्यसपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डीएम अध्ययन सम्पन्न गर्दै उच्चस्तरीय चिकित्सकको रुपमा स्थापित भए।

हाल घिमिरे बिराटनगरको नोबेल मेडिकल कलेजका प्रिन्सिपल छन्। उनको नेतृत्वमा कलेजले शैक्षिक गुणस्तर, अनुसन्धान र स्वास्थ्य सेवामा उल्लेख्य प्रगति गरेको भन्दै चिकित्सक समुदायले प्रशंसा गर्दै आएको छ।

जनकपुर, मिथिला नगरपालिका–१० लालगढलाई आफ्नो कर्मभूमि बनाउँदै आएका घिमिरे स्वास्थ्य क्षेत्रमा मात्र नभई राष्ट्रिय स्तरको नेतृत्वमा प्रवेश गर्न सक्ने सम्भावित पात्रका रुपमा चर्चामा रहेका छन्।

उनको अनुभव र योगदान केवल चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र सीमित छैन, उनले महामारीको कठिन समयमा हजारौं नेपालीलाई स्वास्थ्य परामर्श, सचेतना अभियान र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

घिमिरे योग्य, इमानदार र अनुभवी व्यक्तित्वको अगुवाइमा सरकारको नीति तथा कार्यक्रमले नयाँ उचाइ हासिल गर्ने पूर्ण विश्वास लिइएको छ । इमान्दार, अनुभवी ज्ञान भएका डा. घिमिरेलाई अघि सार्न चौतर्फि माग बढिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत