बडादसैँको अवसरमा पशुपतिमा नवरात्री महोत्सव
- गाउँ सहर संवाददाता
- ७ असोज मंगलबार, २०८२ | ०८:२२:०० मा प्रकाशित

काठमाडौँ । बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ ।
महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे । यसअघि गुहेश्वरीबाट बागमतीसम्म कलशयात्र गरिएको थियो । उद्घाटनका अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकृतन गरिनेछ । यसैगरी, घटस्थापना सुरु भएसँगै देशभरिका नवदुर्गा भगवतीका मन्दिरलाई रङरोगनसहित झिलीमिली बनाइन थालिएको छ । अहिले सहर, बजारदेखि गाउँघरमा दसैँका लागि भन्दै घर पोत्ने र मन्दिर क्षेत्रमा सरसफाइ गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।
यसै सिलसिलामा सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न किसिमका झिलीमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा यहाँ नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई ‘बध’ गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुन : तोलाको २ लाख २३ हजार
- आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
- प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम, ४६३ जना सहभागी
- स्वाथ्यमन्त्रीमा प्राडा. रामहरि घिमिरेकाे चर्चा
- ५८ अंकले बढ्यो नेप्से परिसूचक, सात कम्पनीकाे शेयरमा सर्किट
- रास्वपा नेतृत्वप्रति असन्तुष्टि, सभापति लामिछानेलाई जिम्मेवारीबाट अलग हुन सुझाव
- टोपबहादुर रायमाझी र सुन तस्करका नाइके गोरे कारागार फर्किए
- दसैँकाे दोस्रो दिन आज ब्रह्मचारिणी देवीको उपासना गरि मनाइँदै
- राष्ट्रपति पौडेलसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ
- नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर
प्रतिकृया दिनुहोस