नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर
- गाउँ सहर संवाददाता
- ६ असोज सोमबार, २०८२ | १२:५७:०० मा प्रकाशित

काठमाडाैं । नेपाल टेलिकमले नेपालीहरूको महान पर्व दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेकाे छ।
टेलकमले सूचना जारी गर्दै यस वर्षको ‘दसैँ-तिहार-छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध गराइएकाे जानकारी दिएकाे हाे।
याे प्याजेक अन्तर्गत आज असाेज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिएको छ।
मोबाइल डाटा प्याकेज अफर अन्तर्गत जीएसएम ग्राहकहरूका लागि विशेष डाटा प्याकेजहरु उपलब्ध हुने टेलिकमले जनाएकाे छ।
टेलिकमका अनुसार ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेजमा दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। ५ जीबी डाटा सकिएपछि २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।
रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज: यो प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। १० जीबी डाटा सकिएपछि ३ Mbps को गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
भ्वाइस र एसएमएस प्याकेज
डाटा प्याकेजका अतिरिक्त भ्वाइस र एसएमएस प्याकेज पनि उपलब्ध छन्:
रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा: यसमा तपाईंले जुनसुकै नेटवर्कमा कल गर्न १००० मिनेट पाउनेछन्।
रु . ९९ मा १००० अन-नेट एसएमएस सुविधा: यो प्याकेजमा नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरहरुमा १००० एसएमएस पठाउन सकिनेछ।
यी सबै प्याकेजहरुको समयावधि प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन रहेको छ।
यी अफरहरु असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज खरिद गर्न तपाईंले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ।
यी प्याकेजहरूले चाडपर्वको समयमा आफ्ना ग्राहकहरुलाई थप सम्पर्कमा रहन र खुशी बाँड्न सहयोग पुग्ने विश्वास पनि टेलिकमले व्यक्त गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुन : तोलाको २ लाख २३ हजार
- आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
- प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम, ४६३ जना सहभागी
- स्वाथ्यमन्त्रीमा प्राडा. रामहरि घिमिरेकाे चर्चा
- ५८ अंकले बढ्यो नेप्से परिसूचक, सात कम्पनीकाे शेयरमा सर्किट
- रास्वपा नेतृत्वप्रति असन्तुष्टि, सभापति लामिछानेलाई जिम्मेवारीबाट अलग हुन सुझाव
- टोपबहादुर रायमाझी र सुन तस्करका नाइके गोरे कारागार फर्किए
- बडादसैँको अवसरमा पशुपतिमा नवरात्री महोत्सव
- दसैँकाे दोस्रो दिन आज ब्रह्मचारिणी देवीको उपासना गरि मनाइँदै
- राष्ट्रपति पौडेलसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ
प्रतिकृया दिनुहोस