गाउँ सहर

हृदयश त्रिपाठीद्वारा नवलपरासी सुखौरामा सडक स्तरोन्नतिको लागि एक करोड रकम विनियोजन

  • अंगद यादव
  • २८ कार्तिक बिहीबार, २०७६ | २२:४७:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं.-२ सुखौरामा प्रतिनिधिसभा सदस्य हृदयश त्रिपाठीले स्थलगत अनुगमन तथा जनसम्पर्क गरेका छन् । संसदीय विकास कोषको रकम विनियोजन भएको योजनाको स्थलगत अवलोकन गरेका हुन् ।

संसदीय क्षेत्रमा रहेको भित्र रहेको सबै भन्दा दुर्गम क्षेत्र सुखौरामा बिहीबार भेटघाट तथा स्थलगत अनुगमन गर्न पुगेका पू्र्वन्त्री त्रिपाठीलाई गाउँबासी बाटोमै पुगि फूलमाला अबिरका साथ भव्य स्वागत गरेका थिए ।

संसदीय क्षेत्रको सबै भन्दा दुर्गम रहेको हुनाले संसदीय बिकास कोषको एक करोड रकम विनियोजन गरको त्रिपाठीले बताए । साथै आवश्यक परेमा थप रकम व्यवस्था गर्ने स्थानीयसँग प्रतिबद्धता जनाए ।

सांसद त्रिपाठीले यहि वर्षदेखि सुखौरामा सडक स्तरोन्नतिका लागि एक करोड रकम छुट्याएकाे खबरले स्थानीयबासीहरुमा खुशियाली छाएकाे देख्न सकिन्थ्याे ।

एक सय बीस घरधुरी रहेका सुखौरामा प्राथमिक विद्यालय मात्रै रहेकोले माथिल्लो कक्षामा पढनका लागि गाउँबाट तीन किलोमिटर भन्दा बढी टाढा रहेको झर्गाहा पैदल हिडेर जानुपर्ने अवस्था रहेकोले बालबालिकालाई जंगली जनावरबाट तथा अपहरण हुने समस्या त्रिपाठीलाई सुनाउदै विद्यार्थीहरुलाई सुरक्षित र समयमा आवतजावत गर्नका लागि स्थानीयले बसको माग गरेका थिए ।

बाटोको समस्या खेप्दै आएका गाउबासी पहिला बर्दघाटबाट पश्चिमी व्यवसायी बस चल्थ्याे पछि खोला बगेपछि बस आउन छोडेको स्थानीय देवान गुरुङले समस्या सुनाउदै भने ।
 

अंगद यादव

तपाईँको मत