विपदले १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी, कति भयाे अहिलेसम्म भुक्तानी ?
- गाउँ सहर संवाददाता
- २० पौष शनिबार, २०८१ | १८:५२:०० मा प्रकाशित

काठमाडौँ । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ बराबर भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दावी परेको छ । नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ । यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दावी परेको छ । त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ ।
मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ । मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ ।
पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा रु एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा रु ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दावी भएको छ ।
प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । वर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दावी रहेकामा एक हजार पाँच सय ८५ वटाको भुक्तानी भएको छ ।
गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुद्दा पौने १६ करोड भ्रष्टाचार,अदालतको आदेश १ लाख धरौटीमा रिहा गर
- आइतबार सेयर बजार १८ अंककाे गिरावट
- यस्ताे देखियाे एक वर्षकाे अर्थतन्त्र
- गत आर्थिक वर्ष नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- कुश एकप्रकारकाे घाँस मात्रै हाेइन, यस्ताे छ आवश्यकता र महत्व
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि हुने
- शेयरबजारमा देखिएन उत्साह, खुम्चिँदै काराेबार रकम
- लिपुलेक नेपालको अभिन्न भूभाग भन्दा भारतले भन्याे-नेपालको दाबी आधारहीन
- काराेबार रकम र नेप्से दुवै घट्याे
प्रतिकृया दिनुहोस