विभागले भन्याे -आफूलाई अनुकूल समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नूस्
- गाउँ सहर संवाददाता
- १० भदौ मंगलबार, २०८२ | १९:१५:०० मा प्रकाशित

काठमाडौं । यातायात व्यवस्था विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जनाएको छ।
विभागले मंगलबार सूचना जारी गरेर सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश: जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने जनाएको हो।
असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने विभागले उल्लेख गरेको छ।
आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न विभागले आग्रह गरेको छ।
विभागले विभाग एवं प्रदेश कार्यालयहरूबाट जडानमा सहजताका लागि उक्त स्थानहरूमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारी धनीहरूको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको व्यहोरा जनाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामाजिक सञ्जाललाई सूचीकरणकाे अल्टिमेटमसहित मन्त्रिपरिषद्का यी १० निर्णय
- एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
- कलाकार नगेनको त्रिकोण क्यानभासमा नबलपुरको अकलादेवी मन्दिर
- समयमा काम नगर्ने स्पष्टीकरण माग गरिएका यी ११ निर्माण कम्पनी
- पढ्न विदेश जानेबाट बाहिरियो एक खर्ब ३८ अर्ब
- मुद्दा पौने १६ करोड भ्रष्टाचार,अदालतको आदेश १ लाख धरौटीमा रिहा गर
- आइतबार सेयर बजार १८ अंककाे गिरावट
- यस्ताे देखियाे एक वर्षकाे अर्थतन्त्र
- गत आर्थिक वर्ष नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- कुश एकप्रकारकाे घाँस मात्रै हाेइन, यस्ताे छ आवश्यकता र महत्व
प्रतिकृया दिनुहोस