कलाकार नगेनको त्रिकोण क्यानभासमा नबलपुरको अकलादेवी मन्दिर
- गाउँ सहर संवाददाता
- ११ भदौ बुधबार, २०८२ | ०९:४६:०० मा प्रकाशित

पाेखरा। नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई चित्रकलामार्फत संसारभर चिनाउने उद्देश्यसहित प्राज्ञ नगेन सिंह ठकुरीले नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा धार्मिक स्थल अकला देवी मन्दिरलाई आफ्नो त्रिकोण क्यानभासमा उतारेका छन्।
अकला देवी मन्दिर नवलपरासी पूर्व जिल्लाको मात्रै नभई कालीगण्डकी उपत्यकाकै प्रख्यात धार्मिक तथा पर्यटकिय स्थल मानिन्छ। चारै तर्फ पीपलका बोट र स्वामी रहेको यस मन्दिर परिसरको बीच भागमा सिला (शिलाखण्ड) अवस्थित छ। पूर्णिमा र पञ्चमी तिथिमा विशेष पूजाआजा हुने यस मन्दिर साउन महिनामा, एकादशी र औँशीमा मात्र बन्द हुन्छ, अन्य दिनहरू सधैं खुला रहन्छ। भक्तजनले मनोकांक्षा पूरा होस् भन्ने विश्वासमा भाकल गरी पूजा गर्ने चलन छ। प्रत्येक वर्ष चैते पूर्णिमामा २ देखि ३ दिनसम्म भव्य मेला लाग्ने गर्दछ, जसमा हजारौं भक्तजन सहभागी हुन्छन्।
मन्दिरको अर्को विशेषता भनेको यहाँ झिंगा माखा नलाग्ने हो। साथै, मन्दिर परिसर पश्चिमतर्फ ‘अकला गुफा’ रहेको छ, जसले यसको आध्यात्मिक महत्वलाई अझ गहिरो बनाएको छ। कालीगण्डकी करिडोरसँगै र पवित्र कालीगण्डकी नदीको नजिकै अवस्थित भएकाले यो स्थलमा धार्मिक तथा प्राकृतिक दुवै कारणले भक्तजन र पर्यटकहरूको भीड लाग्ने गर्दछ।
लाईभ चित्रण कार्यक्रममा बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझा र वडा अध्यक्ष श्री श्यामसुन्दर श्रेष्ठ र अन्य स्थानीयहरूको समेत उपस्थिति थियो। वडा अध्यक्ष श्रेष्ठले मन्दिरको एतिहासिक तथा धार्मिक महत्व र गरिमाको बारेमा वताए । बौंदीकालि गाउँपालिका अध्यक्ष प्रकाश ओझाले गाउँपालिकाको धार्मिक सम्पदा अकला देवी मन्दिर क्यानभासमार्फत विश्वभर चिनिनु नै ठूलो उपलब्धि भएको उल्लेख गरे । नेपाल लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, राष्ट्रिय निकुञ्जहरूजस्ता सम्पदामार्फत विश्वसामु नेपाल चिनिएको भए पनि अझै ७७ वटै जिल्लामा कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदाहरूलाई त्रिकोण क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गर्ने लक्ष्य रहेको ठकुरीले जानकारी दिए।
कला क्षेत्रमा लामो समयदेखि सक्रिय ठकुरीले हालसम्म झण्डै १५० भन्दा बढी सम्पदास्थललाई चित्रण गरेका छन्। उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य (२०७१) रहनुका साथै २०७४ मा स्वर्ण पदक, अरनिको युवा पुरस्कारप्राप्त गर्नुका साथै राष्ट्रपतिद्वारा २०८० वैशाख १ गते प्रबल जनसेवाश्री मानपदवीले समेत विभूषित भएका छन्।
कला विषयमा स्नातकोत्तर ठकुरीले १२ पटकसम्म एकल कला प्रदर्शनी गरिसकेका छन् भने देश–विदेशका थुप्रै प्रदर्शनीहरूमा सहभागिता जनाइसकेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामाजिक सञ्जाललाई सूचीकरणकाे अल्टिमेटमसहित मन्त्रिपरिषद्का यी १० निर्णय
- एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
- विभागले भन्याे -आफूलाई अनुकूल समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नूस्
- समयमा काम नगर्ने स्पष्टीकरण माग गरिएका यी ११ निर्माण कम्पनी
- पढ्न विदेश जानेबाट बाहिरियो एक खर्ब ३८ अर्ब
- मुद्दा पौने १६ करोड भ्रष्टाचार,अदालतको आदेश १ लाख धरौटीमा रिहा गर
- आइतबार सेयर बजार १८ अंककाे गिरावट
- यस्ताे देखियाे एक वर्षकाे अर्थतन्त्र
- गत आर्थिक वर्ष नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- कुश एकप्रकारकाे घाँस मात्रै हाेइन, यस्ताे छ आवश्यकता र महत्व
प्रतिकृया दिनुहोस