दृष्‍टिकोण

देश बनाउने संविधानले मात्रै हाेइन, सुमन बरालकाे पढ्नैपर्ने टिप्पणी

  • सुमन बराल
  • ३ असोज शुक्रबार, २०७६ | १२:०१:०० मा प्रकाशित

हाम्रो देशमा केही नेताहरुको भाषामा ' संसारकै उत्कृष्ट संविधान ' बन्यो, प्रधानमन्त्री ओलीले देशलाई नयाँ युगमा पनि लगे, संविधान जारी भएको पनि आधादशक हुन लाग्यो । तर अझै पनि नेपाली नागरिकले संविधानले मौलिक हक मानेको गाँस, बास, कपास, शिक्षा, स्वस्थ्य, रोजगारी, सुरक्षा केही पनि पाएका छैनन् ।

संविधान समयानुकूल परिवर्तन होला, हुनु पर्ला तर देश बनाउने संविधानले मात्रै भने होइन । संविधानले मात्रै देश बन्ने भए अमेरिका, जापान, स्वीडेन, नर्वे लगायतका संसारकै समृद्ध देशहरुको संविधान जस्ताको त्यस्तै नेपालमा बनाउँदा हुने थियो ।

सवारी चालक दक्ष - इमान्दार नभएपछि, जति नयाँ र राम्रो गाडी पनि दुर्घटनामा नै पर्छ । यसरी नै सत्तामा हुनेसंग देश र जनताको लागि काम गर्ने इमान र नैतिक बल भएन भने संसारकै उत्कृष्ट संविधानले, दुई तिहाई मतले पनि केही गर्न सक्दैन भन्ने नेपाल ज्वलन्त उदाहरण हो ।

अधिकांश नेपाली नागरिक लाई यति कुरा बुझ्ने विवेक भगवानले दिउन् । लुटतन्त्रमा रमाएका नेता - कार्यकर्ता लाई भने बुझाउन सकिँदैन, बुझ्न चाहँदैनन् । गिद्दलाई सिनो नखा भनेर सम्झाउन सकिँदैन ।

संविधानले ग्यारेन्टी गरेको मौलिक हकमा, कम्तीमा स्वास्थ्य सेवाको मात्रै ग्यारेन्टी भए पनि संविधान दिवसको शुभकामना भन्न मज्जा हुने थियो तर नेताहरु राष्ट्रको ढुकुटी दोहन गरी करोडौं खर्चेर विदेशमा उपचार गर्छन् अनि हुँदा खाने जनता मृत्यु कुरेर बस्छन् वा आत्महत्या गर्छन वा उपचारका लागि सहयोगको अपिल गर्छन् ।

सुमन बराल

तपाईँको मत