समाज

सांसद हृदयेश त्रिपाठी संसदीय क्षेत्रमा जनसमस्या सुन्दै

  • अंगद यादव
  • २६ असोज आइतबार, २०७६ | १०:५९:०० मा प्रकाशित

नवलपरासी पश्चिम । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले आफ्नो संसदीय क्षेत्रमा जनसम्पर्क कार्यक्रम गरेका छन् ।

सांसद त्रिपाठीले आफ्नो संसदीय क्षेत्रको सुस्ता गाउँपालिकाको वडा नं.-५ पकलिहवा र वडा नं.-४ नरसहिमा पुगि जनताको समस्या तथा गुनासो सुनेका हुन् ।

आफू जनताको समस्या समाधान गर्न लागिपर्ने उनले बताए । वडामा रहेको दलित, युवा, बृद्धबृद्धा, महिला तथा अन्य स्थानीयसंग भेटि समस्या र गुनासो बुझेका थिए । साथै विकासको योजनाबारे स्थानीयलाई त्रिपाठीले जानकारी गराएका थिए ।

स्थानीयले सामुदायिक भवन, सडकको मर्मत सम्भार, नागरिकताको समस्य, जग्गाको समस्या उखु रकम भुक्तानि बारे आफ्नो समस्या सांसद समक्ष राखेका थिए । स्थानीय जनप्रतिनिधिले आवश्यता नबुझी मनोमानी ढंगले काम गरेको गुनासो गरेका थिए ।

साथै उनले दलित बस्तीमा पुगेर समस्या बुझेका थिए । रोडलाईटको अति आवश्क रहेको उनिहरुको सामूहिक भनाई रहेको थियो ।

जनताको समस्यालाई सदनमा उठाउने प्रतिबद्धता सांसद त्रिपाठीले गरेका छन् ।

अंगद यादव

तपाईँको मत